विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री भुसाल
रासस
कार्तिक १२, २०७८ शुक्रबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताउनुभयो ।