चुलिंदो ऊर्जा सङ्कट : विश्वव्यापी आर्थिक मन्दीको खतरा
रासस
कार्तिक ७, २०७८ आईतवार
कोइला र प्राकृतिक ग्यास अभावसँगै अहिले विश्वव्यापी रुपमै ऊर्जा सङ्कट निम्तिएको छ । कोइला र प्राकृतिक ग्यासका ठूला उत्पादक मुलुक नै अहिले सङ्कटमा परेपछि त्यसको असर विश्वभर हरेक क्षेत्रमा पर्ने निश्चित छ । खासगरी कोइला उत्पादन तथा खपत बढी गर्ने चीन र भारत मात्र होइन, केही युरोपेली मुलुकले समेत चरम रूपमा ऊर्जा सङ्कटको सामना गरिरहँदा यसले विश्व अर्थ व्यवस्थामै नकारात्मक प्रभाव पार्न सक्ने भन्दै अर्थशास्त्रीहरुले...