अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन
रासस
कार्तिक ४, २०७८ बिहीबार
गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिनुभएको हो ।