कोरोना सङ्क्रमित देशबाट भित्रिनेबाट सङ्क्रमण हुने जोखिम
रासस
आश्विन २१, २०७८ बिहीबार
कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम...