माथिल्लो अरुण जलविद्युत्मा लगानीको ‘मोडालिटी’ टुङ्गो लगाएर निर्माण सुरु हुन्छ –मन्त्री भुसाल
रासस
आश्विन ६, २०७८ बुधबार
एक हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयवासीले माग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजना स्थल भोटखोला गाउँपालिका–४ छोङ्ग्राक पुगेको अर्थ मन्त्रालय, विश्वबैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयवासीले जतिसक्दो छिट्टो आयोजनाको निर्माण सुरु गर्न आग्रह गरेका हुन् । उनीहरूले आयोजना निर्माणका...