भारतबाट फर्किनेलाई गड्डाचौकी नाकामै कोरोना विरुद्धको खोप
रासस
भाद्र १८, २०७८ शुक्रबार
पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो ।
“एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उहाँले भन्नुभयो, “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।”
सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे...