जल तथा ऊर्जा आयोगको सचिवालयलाई नियमनकारी निकायका रूपमा विकास गरिन्छ : मन्त्री भुसाल
रासस
भाद्र १३, २०७८ आईतवार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ ले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताउनुभएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयको गतिविधिबारे आज जानकारी लिने क्रममा उहाँले भन्नुभयो, “आयोगलाई नियमनको अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु ।” कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक...