संरक्षणको अभावमा म्याग्दीका खानी पुरिन थाले
रासस
श्रावण २१, २०७८ बिहीबार
म्याग्दीमा रहेका तामा, स्लेट, खरि, चुनढुङ्गा र फलामखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् ।
वर्षौंदेखि अलपत्र अवस्थामा रहेका म्याग्दीको जिल्लाको पश्चिमी तथा उत्तरी भेगका लेखाली क्षेत्र स्थित ती बहुमूल्य खानीहरु उत्खनन्को अनुमति नपाउँदा जङ्गलमै पुरिन थालेका ह्न् ।
सङ्घीय सरकारको मातहतमा रहेका खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको अनुमति नदिँदा स्थानीय तहको बलियो आयस्रोत बन्न सक्ने दर्जनौं खानीहरु...