एनआरएनए कोरियाको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पुनमगर निर्वाचित
रासस
श्रावण १४, २०७८ बिहीबार
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन हुनुभएको छ । निकै लामो चुनावी अभियानपश्चात् उहाँ पुनः सर्वसम्मतिमा चयन हुनुभएको हो ।
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा. विमल सुवेदी चुनिनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा सुभद्रा पालुङ्वा,...