किरिया खर्चसहित मजदुरको शव तीन दिनपछि आफन्तलाई जिम्मा
रासस
श्रावण ८, २०७८ शुक्रबार
यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।
परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भन्नुभयोे, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता...