नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिन्छ –आयोग
रासस
जेष्ठ ४, २०७८ मंगलवार
वागमती प्रदेशमा जेठ ६ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा...