असहाय गाईबाछा संरक्षण अभियानले बेवारिसे ३५० गाईबाछाको उद्धार
रासस
जेष्ठ १, २०७८ शनिबार
असहाय गाईबाछा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ । अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ ।
खान नपाएर दुब्लाएका, पानी पिउन नपाएका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटामा फालिएका, रेबिज रोग लागेका र अनेक किसिमले दुव्र्यवहारमा परेका गाईबाछाको संरक्षणका लागि २०७६ जेठ १ गते अभियान शुरुआत...