प्रजिअको नेतृत्वमा सुरक्षाकर्मीको टोली सडकमा
रासस
बैशाख २७, २०७८ सोमबार
सडकमा गुडेका विना पासका सवारी साधन र जथाभावी खुलेका पसल व्यवसाय रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले सडकमा अनुगमन गरेको छ ।
आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको नेतृत्वमा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख विकास पाण्डे, शसस्त्र प्रहरी गण दुवाकोटका प्रहरी नायब उपरीक्षक लीला कार्कीलगायत...