पच्चीस जनाभन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह
रासस
बैशाख ८, २०७८ बुधबार
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणार्थ १५ बुँदे निर्णय गरेको छ ।