मन्त्री तुम्बाहाङफेका सय दिन,जग्गा फिर्ता ल्याउने कार्य सबैभन्दा ठूलो उपलब्धि
रासस
चैत्र २४, २०७७ मंगलवार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताउनुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दूषित मनसाय राखेर गैरकानूनी रुपमा व्यक्तिले दर्ता गराएका जग्गालाई सरकारले फिर्ता ल्याएरै...