देशका ७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन
रासस
फाल्गुन १५, २०७७ शनिबार
राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिनुभयो । सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला...