हिउँदे वर्षा नहुँदा किसान चिन्तित
रासस
माघ २२, २०७७ बिहीबार
पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुशी देखिँदैनन् । यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुशी छाउन नसकेको हो ।
“ल हेर्नोस्, अब पारिलो घाम लागेर जीउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुशी नै हुनुपर्ने हो”, बलवा नगरपालिका–१० धमौराका ७०...