प्राविधिक शिक्षालयको पढाइ खुला आकाशमुनि
रासस
माघ ३, २०७७ शनिबार
आवश्यक भौतिक पूर्वाधार नहुँदा भेरी नगरपालिका–५ काफलचौरस्थित जाजरकोट बहुप्राविधक शिक्षालय खुला आकाशमुनि सञ्चालन भएको छ । विद्यार्थी दैनिक खुला चौरमा कार्पेटमा बसेर पढ्न बाध्य भएका छन् ।
शिक्षकले कालोपाटी बाँसको खम्बामा झुण्ड्याएर पढाउने गरेका छन् । विद्यार्थी चौरमा बिछ्याइएको कार्पेटमा बसेर सिकाइ गर्छन् । वर्षात्, हावा र चर्को घाम लाग्दा शिक्षालयको पढाइ बन्द गर्नुपर्ने अवस्था रहेको छ ।
कुर्सी,...