दाङमा बँदेलको आक्रमणबाट चार घाइते
रासस
पुष १८, २०७७ शनिबार
दाङमा जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा नं २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् ।
घाँस दाउरा काट्न आज १० बजेतिर नजिकैको सामुदायिक वनमा गएको अवस्थामा बँदेलको आक्रमणबाट उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी...