प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको हेरफेर तथा विस्तार
रासस
पुष १०, २०७७ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री हुनु भएकाे छ ।
त्यस्तै गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री हुनु भएकाे छ भने दावा लामा युवा तथा खेलकुद मन्त्री हुनु भएकाे छ ।