ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र रोग लाग्ला
सम्पदाअनुरञ्जनी खतिवडा
बैशाख १६, २०७७ मंगलवार
कोभिड–१९ को संक्रमणका बीच देशब्यापी लकडाउनले सर्वसाधारणको सुत्ने बानीका साथै अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा नहुनु, कोभिड–१९ सँग सम्बन्धित नकारात्मक समाचार र सूचनाको प्रवाह, शयन कक्ष कार्य कक्षको रुपमा परिणत हुनु, चलचित्र हेर्दै र भाइरस संक्रमणको त्रासले सुत्ने बानीलाई जोखिममा पार्न सक्छ ।