४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसङ्घ
रासस / एएफपी
चैत्र १६, २०७८ बुधबार
रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले बुधबार देखाएको छ ।
युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । तीमध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए ।