अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि रातमा निषेधाज्ञा आदेश जारी
रासस / एएफपी
श्रावण ९, २०७८ शनिबार
अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेकोे यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।
मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।
“हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक...