रसिलो तिहार
पुष्पराज जोशी
कार्तिक १३, २०७८ शनिबार
दशैँ भर्खरै मनाइयो । दशैँको रौनक मनबाट ओझेल पर्न भ्याएको छैन, अर्को ठूलो चाड तिहार हाम्रो समुन्ने आइसक्यो । यसको सङ्केत सङ्घीय राजधानी काठमाडौँले मात्र होइन, देशका प्रमुख बजारहरूले पनि दिन थालिसकेका छन् । कतै झिलिमिली बत्ती, कतै भाइमसला त कतै माटाका पाला, दियो तथा मैनबत्तीले पसलहरू भरिभराउ छन् । तिहारका लागि किनमेल गर्नेको घुइँचो पनि बढ्दैछ ।
शरदको शीतल हावासँगै करेसाबारी, बारी र खेतका डिलमा पनि सयपत्री पहेँलपुर...