विश्व व्यापारमा देखिएको प्रवृत्ति
गोरखापत्र अनलाइन
असार ६, २०७८ आईतवार
कोभिड–१९ को महाव्याधीले विश्व व्यापार र आपूर्ति सञ्जालको आधार स्तम्भलाई उथलपुथल पारेको छ । संयुक्त राज्य अमेरिका र चीनको व्यापार युद्धले विश्व व्यापार र आपूर्ति सञ्जालमा प्रतिकूल प्रभाव पार्दै गरेकोे अवस्थामा कोरोना कहरले विश्व व्यापारलाई गम्भीर असर पु¥याएको छ । विश्व व्यापार र आपूर्ति सञ्जालको भविष्य कुन अवस्थामा पुग्ला भन्ने अनुमान गर्न अनिश्चितता उत्पन्न भएको छ ।
कोभिडविरुद्धको खोपको उत्पादन र वितरण आगामी...