मदनकै विचारबाट एमाले निर्देशित
गोरखापत्र अनलाइन
असार १४, २०७८ सोमबार
विक्रम सम्बत् २०३३ सालको अन्त्यतिर म ‘कोअर्डिनेसन केन्द्र्र’ (कोके) को सदस्य थिएँ । हामी त्यसबेला भूमिगत रूपमा काम गरिरहेका थियौँ । आधारभूत वर्गका किसानहरूले दिएका आश्रयमा बस्ने र उनीहरूमै आश्रित भएर काम गरिरहेका थियौँ । जे दिन्थे त्यही खान्थ्यौँ, जहाँ बसाउँथे त्यही बस्थ्यौँ ।
त्यसबेला हामी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका विषयमा विशेष चासोका साथ अध्ययन गथ्र्यौं । बाहिरबाट मगाएर भए पनि भारतको नक्सलवाडी...