सुधारको पर्खाइमा प्रशासन
गोरखापत्र अनलाइन
भाद्र २२, २०७८ मंगलवार
कर्मचारीतन्त्र शासन व्यवस्थाको महìवपूर्ण संयन्त्र हो । यो मुलुकको शासन व्यवस्थाको स्वरूप, शासन सञ्चालनको आदर्श, मूल्य, मान्यता तथा शासकको सोच र प्रवृत्तिबाट प्रत्यक्षरूपमा प्रभावित हुन्छ । शासन व्यवस्थाको परिवर्तनपछिको लाभ जनतासमक्ष पु¥याउन राजनीतिसँगै प्रशासन पनि रूपान्तरण हुनुपर्छ । यसका लागि समग्र प्रशासनको क्षमता विकास गरी जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न प्रशासनमा निरन्तर सुधार गर्नुपर्छ ।