आर्थिक विकासमा जलविद्युत्
गोरखापत्र अनलाइन
मंसिर २१, २०७८ मंगलवार
नेपालको आर्थिक विकासका लागि जलसम्पदाको महत्त्वपूर्ण भूमिका हुन सक्छ । पुँजीको कमी, उपयुक्त प्राविधिको कमी, यातायातको कठिनाइ आदिले गर्दा यहाँको जलस्रोतको विकासमा अवरोध खडा भएको छ ।
विश्वमा नेपाल एक अति कम विकसित मुलुकका रूपमा चिनिए पनि जलसम्पदाका लागि यो देश विश्वमा नै दोस्रो राष्ट्र मानिन्छ । यहाँ सानाठूला गरी करिब छ हजार नदीनाला छन्, जसमध्ये दुई हजारभन्दा बढी उत्तरी हिमशृङ्खला र खोँच हुँदै दक्षिणतर्फ बगिरहेका...