वैकल्पिक राजनीतिको बहस
गोरखापत्र अनलाइन
माघ ४, २०७८ मंगलवार
नेपालमा वैकल्पिक राजनीतिको चर्चा र वैकल्पिक पार्टी गठन गर्ने कार्य बेलाबखत हुने गर्दछ । वैकल्पिक राजनीतिको अभ्यास २०४६ सालपछि डा. देवेन्द्रराज पाण्डे र टङ्क कार्कीहरूले गर्न खोजेको पाइन्छ । त्यसैगरी विवेकशील साझा पार्टीमा क्रियाशील युवाले भूकम्पको समयमा स्वयंसेवी ढङ्गले राहत र पुनर्निर्माणका काम गरेर विवेकशील पार्टीको आधार तयार गरेका थिए । २०७० चैतमा वैकल्पिक शक्तिको बहस प्रारम्भ गर्नुभएका तत्कालीन माओवादी...