सन्ततिलाई संस्कार कि सम्पत्ति
गोरखापत्र अनलाइन
भाद्र ८, २०७८ मंगलवार
कस्तो जीवनलाई सफल मान्ने र कस्तोलाई असफल ? यसको एउटै उत्तर आउँदैन । कतिपयलाई धन–सम्पत्ति प्रशस्त कमाउन सक्नुलाई सफल भएको लाग्छ भने कतिपयलाई असल संस्कारसहितको जीवन अर्थात् मानवीय गुणले भरिएको जीवनलाई सफल मान्छन् । हाम्रा शास्त्रले पनि धन र गुणमा गुणलाई उच्च प्राथमिकता दिएको छ । मानिसको गुणका अगाडि धन, वर्ग, वर्ण, जातको कुनै स्थान छैन । यस्ता अनेक दृष्टान्त शास्त्रमा वर्णन गरिएको छ र आधुनिक कालमै पनि यो देखिएको छ । पुराणमा...