‘खोलदेली’सँगै हराउँदै वडको काष्ठकला
गोरखापत्र अनलाइन
चैत्र १४, २०७७ शनिबार
मन्दिर सजाउन प्रयोग हुने काठका झ्यालढोकामा हातेऔजारले कलात्मक बुट्टा कोर्दै आइरहनुभएका बैतडीको दशरथ चन्द नगरपालिका–४, बवेत गाउँका ९५ वर्षीय अन्तराम वड पुख्र्यौली पेसा र सीप लोप हुने अवस्थामा पुगेकोमा चिन्तित हुनुहुन्छ । उहाँलगायत औँलामा गन्न सकिने मानिस मात्रले अहिले यो काम गर्दै आइरहनुभएको छ ।
मन्दिरको कलात्मक द्वार होस् कि सुदूरपश्चिमका ‘खोलदेली’ (बुट्टा कोरिएको काठको ढोका) निर्माण गर्थे– वड जातिले । पूर्वप्रधानमन्त्री...