बालबालिकाप्रतिको दायित्व
गोरखापत्र अनलाइन
भाद्र ३०, २०७७ मंगलवार
बाल्यकाल भनेको मानवजीवनको एउटा खास अवस्था हो । बालबालिकामा असीम सम्भावनाहरू हुन्छन् । तिनीहरूलाई पूर्ण प्रस्फुटित हुन दिने दायित्व र जिम्मेवारी परिवार, समाज र राष्ट्रको हो । बालबालिकाको उर्वर मस्तिष्क, इच्छा र जिज्ञासुपनालाई अङ्कुश लगाउने कार्य सभ्य समाजले न्याय र तर्कसङ्गत मान्दैन ।
बेलायतमा औद्योगिक क्रान्तिपछि विकसित कलकारखानामा भएको बालबालिकाको शोषणले मानवजीवनको बाल्यवस्था शारीरिक, मानसिक र भावनात्मक...