तेस्रो लहरअघिको नेपाली पर्यटन
गोरखापत्र अनलाइन
श्रावण १८, २०७८ सोमबार
नेपाल कोरोनाको दोस्रो लहरको समाप्तितिर लागेको छ । नयाँ वर्ष २०७८ वैशाख सुरुदेखि नेपालमा बढ्दै गएको कोरोना (कोभिड–१९)को दोस्रो लहरले वैशाखको पहिलो हप्तादेखि मुलुकका विभिन्न भागमा लगाइएको निषेधाज्ञा (लकडाउन) राजधानी उपत्यकामा १६ गतेदेखि लागू गर्नुपर्ने बाध्यात्मक अवस्था आयो । हेर्दाहेर्दै यो अवधि करिब तीन महिना पुगेको छ । पहिलो लहर सङ्क्रमितको निधनको सङ्ख्यात्मक दृष्टिले त्यति भयावह भएन । त्यसको तुलनामा दोस्रो...