नेतृत्वसँगको जनअपेक्षा
गोरखापत्र अनलाइन
माघ ९, २०७८ आइतवार
आफ्नै दम्भ र अहंका कारण केपी ओली नेतृत्वको सरकार विस्थापित हुन पुग्यो । ओली सरकार ढल्नुको मुख्य कारण ओली स्वयं नै हुनुहुन्थ्यो । संविधानको मर्ममाथि बारम्बार प्रहार गर्ने, सबै शक्ति आफूमा केन्द्रित गर्ने र आम अपेक्षालाई दुत्कार्ने ओली शैली नमज्जाले आलोचित हुन पुग्यो । त्यति मात्र होइन, ओलीले धेरै बोलेरै वा भनौँ बोलीचालीको भाषामा बढी जान्ने भएरै प्राप्त सुनौलो अवसर गुमाउनुभयो । आम नागरिकले ओलीको उदय हुँदा राखेका...