आमालाई पत्र
गोरखापत्र अनलाइन
आश्विन २५, २०७८ सोमबार
आमासँग भेट नभएको पनि वर्षौं भयो तर सञ्चारमाध्यमको प्रयोगले प्रत्यक्ष मुख हेरेर नै बोल्न भने पाइएको छ । भिडियोमा पटक–पटक भेट भइरहेकाले भेटेर नै बोलेजस्तो अनुभव भएको छ । हामीले शान्त र स्वर्गजस्तो मुलुकमा जन्म लिएका छौँ । यो हाम्रो भाग्यको कुरा हो । यस भूमिलाई प्रकृतिले आफ्नो सुन्दरताको कुनै पनि कुरामा कमी हुन दिएकी छैनन् । यस किसिमको सुन्दर, शान्त र विशाल देशमा जन्मिएका खासगरी हामी नारी अति नै भाग्यशाली हौँ ।