आयातमा निर्भर अर्थतन्त्र
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
आफ्नो उत्पादन प्रणालीमा आधारित नभई आयातमा निर्भर हुने देशको अर्थतन्त्र सबल हुनै सक्दैन । अहिले हाम्रो देशमा देखिएको तरलताको अभावको एउटा प्रमुख कारण भनेकोे अकल्पनीय आयात हो । नेपाल सरकार अर्थ मन्त्रालयको अर्थ बुलेटिन (२०७८) अनुसार, आर्थिक वर्ष २०७८/७९ को मङ्सिर महिनासम्म मात्रै कुल वस्तु आयात गत आर्थिक वर्षको सोही अवधिको आयातको तुलनामा ५९.५ प्रतिशतले वृद्धि भई रु. आठ खर्ब ३८ अर्ब ४१ करोड पुगेको छ तर गत आर्थिक वर्षमा...