बहसमा खुवालुङ
गोरखापत्र अनलाइन
असार ५, २०७८ शनिबार
नेपाल भौगोलिक रूपमा धेरै विशाल छैन । तर, यहाँ बसोवास गर्ने विविध जातजाति, धर्म, भाषा, संस्कार, संस्कृति, प्रथा–परम्परा विशाल रहेका छन् । त्यही भएर यिनै विविधताभित्रका अनेक पक्षमा समय–समयमा कुनै न कुनै विवाद देखापर्ने गर्छ । त्यसैको एउटा उदाहरण किरातले आफूहरूको एक प्राचीन धार्मिक थलो मानेको ‘खुवालुङ’ पनि हो । यसबारे केही समय निकै ठूलो बहस भयो, जुन अहिल पनि जारी छ ।
भौगोलिक अवस्थिति हेर्दा यो ‘खुवालुङ’ देशको पूर्वी...