पोखरी उत्खननले विपत् जोखिम न्यूनीकरण
गोरखापत्र अनलाइन
माघ १, २०७८ शनिबार
भर्खरै नेपालका प्रमुख राजनीतिक दलको महाधिवेशन सम्पन्न भएको छ । सबै दलका नेताले जलवायु परिवर्तन तथा त्यसबाट भएको विपत् वृद्धिलाई औँल्याएका छन् । एमाले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. भीम रावलले यो कुरा जनसमक्ष प्रक्षेपण गर्नुभएको थियो । त्यसपछि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो मुद्दालाई विभिन्न समयमा कोट्याउनुभएको छ । नेपाली काँग्रेस...