विकास व्यवस्थापनका विसङ्गति
गोरखापत्र अनलाइन
कार्तिक २०, २०७७ बिहीबार
विकासको क्षेत्रमा लागेको दशकौँ भयो । तर, यसमा आशातीत सुधार र देश सही बाटोमा अघि बढिरहेको छ भन्ने अनुभूति जनमानसमा सञ्चार हुन सकेको छैन । फेरि ज्ञान, सीप र अनुभवमा परिपक्वता आउनुभन्दा विकास व्यवस्थापन विसङ्गतिपूर्ण अवस्थामै गुज्रिरहेको छ । वैचारिक राजनीतिक दृष्टिकोणको भिन्नताले विकासको मोडेल (नमुुना) फरक पर्न सक्छ । तर, व्यवस्थापनको विषय ज्ञान र प्रविधिमा आधारित हुन्छ । त्यसैले फरक–फरक विचारधारा अँगालेका देशले...