असल मान्छेको शब्दचित्र
गोरखापत्र अनलाइन
भाद्र २४, २०७८ बिहीबार
दामोदर कोइरालाको वंशमा दुम्जा (सिन्धुली) मा नन्दिकेश्वर कोइराला नामका निकै प्रभावशाली व्यक्ति भए । उनका चार भाइ छोरामध्ये कान्छा छोराको नाम कृष्णप्रसाद कोइराला थियो । पछि यी कृष्णप्रसाद कोइराला विराटनगरमा गएर बसोबास गर्न थाले । व्यापार तथा ठेक्कापट्टामा निपुण कृष्णप्रसाद कोइराला विराटनगरको आधुनिकीकरणका पिता मानिनुहुन्छ ।
त्यस युगका ठूला समाजसेवी कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी