महाव्याधीबीच बुद्धको सम्झना
गोरखापत्र अनलाइन
जेष्ठ १२, २०७८ बुधबार
आज बुद्धजयन्ती, वैशाख पूर्णिमा । एउटा अनौठो योग छ वैशाख पूर्णिमाको । यही दिन बुद्ध जन्मिए आजभन्दा २५ सय ८३ वर्ष पहिले । यही दिन उनले ज्ञान प्राप्त गरे । त्यतिखेर उनी ३५ वर्षका थिए र यही दिन उनको अवसान भयो ८० वर्षको उमेरमा । मानव इतिहासमा यसरी लामो समय भन्नाले २५ सय वर्षभन्दा बढी चर्चामा रहेका मानिस सम्भवतः सिद्धार्थ गौतम बुद्ध नै होलान् । नाम चलेका त अरू पनि छन् तर ती वास्तविक इतिहासभन्दा परका पात्र हुन् । ती या त...