जीवनोपयोगी सीप विकासमा शिक्षक
गोरखापत्र अनलाइन
कार्तिक २, २०७७ आईतवार
शिक्षा मानवजीवनलाई सार्थक बनाउने माध्यम हो । यस मान्यतालाई आत्मसात् गर्दै मानिसका बाल्यावस्था, किशोरावस्था एवम् युवावस्थाका निम्ति प्राथमिक, माध्यमिक तथा उच्च शिक्षाको व्यवस्था गरिएको छ । शिक्षाद्वारा प्रत्येक नागरिकमा ज्ञानमात्र होइन, एउटा कुशल नागरिकका रूपमा उत्तरदायित्वको बोध गराइन्छ ।
शिक्षाको माध्यमले देशको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, ऐतिहासिक आदि वस्तुस्थितिको अध्ययनमात्र गरिँदैन, त्यसका...