बालबालिकाको स्वास्थ्य प्रवद्र्धन
गोरखापत्र अनलाइन
भाद्र २९, २०७८ मंगलवार
कोरोना भाइरसको सङ्क्रमण विश्वभर महामारीका रूपमा फैलिएपछि सङ्क्रमण रोक्न नेपालसहितका विश्वका धेरै मुलुकले बन्दाबन्दीको विधि अपनाए । सङ्क्रमण बढ्दै गएपछि सरकारले २०७६ चैत ११ देखि देशव्यापी बन्दाबन्दी घोषणा गरेथ्यो । यसअघि पनि इबोला, सार्स र मर्सजस्ता महामारीको समयमा विभिन्न मुलुकमा सेल्फ क्वारेन्टाइनको अभ्यास गरिएको थियो । नेपालका लागि लकडाउन, क्वारेन्टाइन र होम आइसोलेसन नयाँ अभ्यास थियो । विषम परिस्थितिका...