कोरोना महामारीको पछिल्लो प्रवृत्ति
गोरखापत्र अनलाइन
जेष्ठ २९, २०७८ शनिबार
विश्वमा जब जब कोरोना महामारीको नयाँ लहर आएको छ तब तब कुनै एक भौगोलिक क्षेत्रको विशेष र ठूलो योगदान हुने गरेको छ । विश्वको वर्तमान कोरोना लहरको कुरा गर्ने हो भने यसै वर्ष फेब्रुअरीको मध्यतिरबाट सुरु भई करिब साढे दुई महिनापछि अर्थात् अप्रिलको अन्त्यतिर उच्च बिन्दुमा पुग्यो÷ तत्पश्चात् मे महिनाभरि दक्षिण एसियामा कोरोना महामारीको नयाँ लहरको आतङ्क जारी रह्यो । वर्तमान लहरको सुरुवातीतिर युरोपको योगदान ठूलो रहे तापनि...