हिरोसिमा र नागासाकी घटनाका ७६ वर्ष , परमाणु बमको त्रासदी : कारण र असर
गोरखापत्र अनलाइन
श्रावण २३, २०७८ शनिबार
प्रत्येक वर्ष अगस्त महिनाको पहिलो सप्ताह सुरु हुनै लाग्दा मानव सभ्यतामा अति नै दर्दनाक घटनाको सम्झना आउँछ । यो सम्झनाले मस्तिष्क नै चह¥याएजस्तो हुन्छ । जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले विध्वंस मच्चाएको पनि ७६ वर्ष पुगिसकेको छ तर मानव जातिले जापानमा भोग्नुपरेको त्यो त्रासदीको प्रभाव आज पर्यन्त घट्न नसकेको महसुस हुन्छ ।