नेपालको विचलित राजनीति
गोरखापत्र अनलाइन
श्रावण १, २०७८ शुक्रबार
नेपालमा वि.सं. १९८४ मा प्रचण्ड गोर्खाद्वारा सुरुआत भएको राजनीतिक क्रियाशीलतापश्चात् वि.सं. १९९३ मा नेपाल प्रजा परिषद् पार्टीको स्थापना भयो । यो नेपालको पहिलो राजनीतिक दल मात्र नबनी राणा शासनको विरुद्धमा जनमत सिर्जना गर्दै आन्दोलनमा होमियो ।