हृदयाघातका लक्षण र रोकथाम
गोरखापत्र अनलाइन
आश्विन १६, २०७८ शनिबार
मुटुरोगको रोकथाम तथा नियन्त्रण गर्न सकिने भए पनि यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बनिरहेको छ । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक–फरक हुने हुँदा मृत्युको कारक पनि फरक–फरक हुने गर्छ । संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग भएको छ । मुटुरोग पछि मस्तिष्कघात, श्वास–प्रश्वासको सङ्क्रमण, झाडापखाला, एचआईभी एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य...