सरकारको नीतिमा नागरिक विज्ञान
गोरखापत्र अनलाइन
भाद्र २६, २०७८ शनिबार
वैज्ञानिक क्रियाकलाप एवं अनुसन्धानमा वैज्ञानिक र नागरिकको सहभागिता र सहकार्य हुने अभ्यासको रूपमा नागरिक विज्ञानलाई लिने गरिन्छ । यस अभ्यास तथ्याङ्क निगरानी र सङ्कलन, विश्लेषण, नतिजा प्रकाशनसम्म दुवैको संयुक्त रूपमा सहभागिता रहन्छ ।
सामान्यतया नागरिकको सहभागिता अवैतानिक स्वयंसेवकको रूपमा हुन्छ । कृषक, सर्वसाधारण, विद्यार्थी, शिक्षकलगायतका नागरिकहरू वैज्ञानिकहरूसँग अनुसन्धानमा सहभागिता जनाई शोधकार्यमा संलग्न...