विज्ञान र प्रविधिमा नेपाल
गोरखापत्र अनलाइन
आश्विन १, २०७७ बिहीबार
मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको प्रमुख संवाहक शक्तिका रूपमा विज्ञान र प्रविधिलाई लिइनुपर्छ । त्यसैले यो क्षेत्रको विकासमा सहयोग पु¥याउने र जनचेतना बढाउने उद्देश्यले सरकारले २०७० सालदेखि असोज १ गतेलाई ‘राष्ट्रिय विज्ञान दिवस’का रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नारा तय गरिएको छ ।
राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीतिले उत्पादन र उत्पादकत्व वृद्धि...