आयात उकालो, निकासी ओरालो
गोरखापत्र अनलाइन
माघ ५, २०७८ बुधबार
कोरोना भाइरसको पहिलो लहर आ.व. २०७६।७७ मा चैत ११, २०७६ र दोस्रो लहर आ.व. २०७७।७८ र आ.व. २०७८। ७९ मा वैशाख ११ २०७८ देखि २०७८ भदौ १७ सम्म कायम रह्यो । २०७८ भदौ १७ देखि खुला भनिए पनि शिक्षण संस्था पूर्ण रूपमा खुल्न सकेका थिएनन् । यस्तो अवस्थामा २०७८ पुसबाट तेस्रो लहरले गाँज्यो । यस्तो बितेको अवस्थाबाट लाखौँले आयआर्जन गुमाउँदै आएका छन् । उपभोक्ताको क्रय शक्ति घटेको बेला नेपालको व्यापार घाटा भने बढ्दो छ । आ.व. २०७६।७७ को तुलनामा...